खेलकुद पत्रकार मञ्च गण्डकीमा १९ जना सदस्य थपिए

पाेखरा | भदौ १८, २०७९

खेलकुद पत्रकार मञ्च गण्डकीमा १९ जना सदस्य थपिए

 

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीमा १९ जना सदस्य थप भएका छन् । मञ्चको शनिबार पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको चौधौं बैठकले यो निर्णय गरेको हो । मञ्चका महासचिव राजाराम पौडेलले दिएको जानकारी अनुसार सदस्य बन्नका लागि ३० जना पत्रकारले आवेदन दिएका थिए । उनीहरुमध्येबाट प्राप्त कागजात सहितको विवरण र सक्रियताको आधारमा १९ जना सदस्य छनोट गरिएको हो ।

 

यसरी छानिनेमा अनुप पौडेल, कृष्ण प्रसाद दवाडी, गीता राना, चेत बहादुर थापा प्रविन, धन बहादुर गुरुङ सुमन, परशुराम शर्मा, गोविन्द थापा सिञ्जाली, फडिन्द्र अकिञ्चन, बस बहादुर शेर्पा बसन्त, बाल कुमारी पौडेल तारा, बिजय नेपाली, रिखिराम जिसी, राधिका कँडेल, राम गुरुङ, विमल तिवारी, शुसान्त गाहा मगर अर्जुन, सञ्जय कुमार मल्ल, सञ्जय रानाभाट र सविन रेग्मी रहेको महासचिव पौडेलले जनाए ।

 

नयाँ सदस्यताको लागि मञ्चले गत साउन २१ गतेबाट भदौ ४ गतेसम्म आवेदन खुल्ला गरेको थियो ।

 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था हो । खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरु संगठित बनी २०५७ सालमा नेपाल खेलकुद पत्रकार मञ्च कास्की गठन भएको थियो । पछि २०७५ सालमा गण्डकी प्रदेशका खेलपत्रकारलाई समेट्ने उद्धेश्यले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी दर्ता भएको हो ।  यसअगाडि मञ्चमा गण्डकी प्रदेशका ५५ जना पत्रकार आवद्ध भएकोमा अब मञ्चमा आवद्ध पत्रकारको संख्या ७४ पुगेको छ । मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ । गण्डकी प्रदेशको कास्की बाहेकका जिल्लाको लागि अर्को चरणमा सदस्यता प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । 

काठमाडौं:   ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।   कार्...

थप पढ्नुहोस्

काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ।   आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...

थप पढ्नुहोस्

पोखरा:   तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ ।   बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

थप पढ्नुहोस्